School Level First Open Cultural Dance Battle-2081
विद्यालय स्तरीय खुल्ला लोक नृत्य संग्राम (Cultural Dance Battle)
राष्ट्रिय वाल दिबस २०८१ को अवसर पारे विद्यालय स्तरीय खुल्ला लोक नृत्य संग्राम गर्ने सूर्यविनायक स्थित ए जेले स्कुल घोषणा गरेको छ । मौलिक कला संस्कृतिको संरक्षण र सांस्कृतिक रुपान्तरण सहित लोक नृत्य तथा सांस्कृतिक भेषभुसालाई नयापुस्ता माझ फरक तरिकावाट आत्मसात गराउने उद्देश्यले अभिप्रेरित यो संग्राममा प्रतियोगिहरुले कुनै पनि लोक भाका/गीतमा एकल लोक नृत्य प्रस्तुत गर्ने पर्ने हुन्छ । यो ढाँचा अनुसार प्रतियोगिहरुले पूर्ण रूपमा लोकभाकामा सांस्कृतिक भेषभुषामा लोक नृत्य मात्र गर्नुपर्ने छ भने आधुनिक नृत्य गर्ने पाईने छैन ।
यो संग्राम बाल भाद्र २८ गते शुक्रवारको दिन सुर्यविनायक, पाण्डुवजार स्थित ए जे स्कुलकोमा प्रंगणमा आयोजना गरिनेछ । यो संग्राम कुनै पनि विद्यालयवाट कक्षा १० (दश) सम्म अध्ययनरत नृत्य प्रेमी छात्रछात्राहरूका लागि खुला गरिएको र यसले प्रतिभाशाली नृत्य कलाकारहरूलाई आफ्नो कला/कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास विद्यालयले लिएको छ ।
प्रतियोगिता २ चरणमा हुनेछ । प्रथम चरणमा सहभागीहरुलाई आ—आफ्नो खुबी देखाउन ४० सेकेण्डको मौका दिइनेछ र त्यसबाट छनौट भएका प्रतियोगीहरुलाई मात्रै संग्राम (Battle) मा समावेश गराइने छ । दुवै चरणमा आयोजकले उपलब्ध गराएको गीतमा प्रतियोगीहरुले पालैपालो आ—आफ्नो कला/ नृत्य प्रस्तुत गर्नुपर्नेछ । विजेताहरूलाई नगद पुरस्कार, प्रमाणपत्र, ट्रफी र गिफ्ट हाय्म्परको व्यवस्था गरिएको छ । प्रतियोगितामा भाग लिन इच्छुक छात्रछत्राहरूले विद्यालयको आफ्नो परिचय-पत्र र विद्यालयको आधिकारीक चिठी सहित प्रति व्यक्ति रू ५०० दर्ता शुल्क बुझाई संग्राममा भाग लिन सक्नुहुनेछ ।
ए. जे. विद्यालय परिवार सबैलाई यो प्रतियोगितामा सहभागी हुन र नृत्यको परम्परागत शैली र आधुनिक शैली वीचको संगम हेर्न सम्पूर्णमा हार्दिक आमन्त्रण गर्दछ । कार्यक्रमको बारेमा थप जानकारी विद्यालयको बेव साईट, फेशबुक पेज लगायत विद्यालय प्रशासनवाट फोनमार्फत प्राप्त गर्न सक्नुहुनेछ ।
Sample Songs for Cultural Dance Battle, 2081
1. मालचरी उद्यो भुरूरू (झ्याउरे)
2. तिम्रो फोटो(झ्याउरे)
3. पुनर्जन्ममा(झ्याउरे)
4. चट्ट रुमाल क्या मालुम (फ्लिमि)
5. जौ साइली बेनी बजार (लोक झ्याउरे)
6. कस्तूरी को बिना (टप्पा)
7. बाग्लुङ बजारमा बागको शालिका (पञ्चेबाजा)
8. वारी जुवालो दजै पारी तुवालो (मारुनी)
9. घर कता हो बैनीको (लोकगीत)
10. चट्टा रुमाल नासलु आँखैमा (लोक गीत)
11. आखा जुध्यो हे मेरो सानु (लोकगीत)
12. फुल फुल्यो बामारी (झ्याउरे गीत)
13. निलो कुर्ताले फेल्मी गीत)
14. माकुर माकुर घुर (पञ्चे बाजा)
15. तारा संगै जुन (पञ्चे बाजा)
16. रमितेको चिसो हावा (मारूनी)
17. मञ्जरी (टप्पा)
18. सुर्खेत मा बुलबुले ताल (झ्याउरे गीत)
19. कल खोला साइले जी (फ्लिमि)
20. झुल्के घाम हेरौला कान्छा (कौराहा)
21. काहा पर्यो घर च्याङ (तामाङ सेलो)
22. नौ ता मेरो अक्काले (तामाङ सेलो)
23. संचिका चिना (नेवारी गीत)
24. दिनदिनै भेट्नलाई (झ्याउरे गीत)
25. लाहुर जाने रेलै मा (लोक गीत)
26. गलबन्दी च्यातियो (लोक गीत)
27. निरमाया ठूली (लोकगीत)
28. पछ्यौरी लिस्यो (लोक गीत)
29. आरेली काडाँले मलाई (लोक गीत)
30. राजमती कुमती (नेवारी गीत)
नियम तथा जानकारीः-